IME Life New

सुधारिदै बीमा कम्पनीको शेयर, वर्षकै सर्वाधिक कमबाट बढ्न थाल्यो (कसको कतिले बढ्यो)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अघिल्ला दुई साता शेयर बजारमा आएको सुधारले पछिल्लो एक साताको गिरावटमा पनि बीमा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । गत शुक्रवारको बजार मूल्यका आधारमा सम्पुर्ण कम्पनीहरुको शेयर मूल्य सर्वाधिक कम भन्दा माथि छन् ।

यस साता नेप्से सूचक करिव ९४ अंकले घट्यो । जवकी अघिल्लो दुई सातामा नेप्से सूचक २३८ अंकले सुधार भएको थियो । यस अवधिमा अधिकाम्स बीमा कम्पनीको मूल्यमा उल्लेख्य सुधार भयो । यस अवधिमा सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनकव शेयर मूल्यमा सर्वाधिक सुधार देखिएको छ ।

Esewa
Crest

कम्पनीको हकप्रद शेयर निष्काशनका लागि माउ कम्पनी एलआईसी इण्डियाले हकप्रद बापतको रकम स्वीकृत गरे सँगै दोस्रो बजारमा भने कम्पनीको शेयर मूल्यमा उल्लेख्य सुधार देखियो । एक वर्षको अवधिमा एलआईसीको शेयर मूल्य सर्वाधिक कम १०६५ रुपैयाँ थियो । अहिले बढेर १४९८ रुपैयाँ कायम छ ।

दोस्रो धेरै सुधार हुनेमा सगरमाथा इन्स्योरेन्स छ । एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य सबैभन्दा कम ६८६ रुपैयाँ थियो । अहिले २५ प्रतिशतले बढेर ८६० रुपैयाँ कायम भएको छ । तेस्रो धेरै सुधार हुनेमा एशियन लाइफको २१ प्रतिशतले बढेर ५९० रुपैयाँ कायम भएको छ ।

नेशनल लाइफको पनि १७ प्रतिशतले बढेर ७६८ रुपैयाँ कायम छ । अन्य कम्पनीहरु क्रमश सगरमाथा जनरल १६ प्रतिशतले बढेर ३७९ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको १६ प्रतिशतले बढेर ५८० रुपैयाँ, आइएमई जनरलको पनि १६ प्रतिशतले बढेर ३८८ रुपैयाँ, प्रिमियर इन्स्योरेन्सको १६ प्रतिशतले बढेर ५९५ रुपैयाँ रहेको छ ।

यो शेयर मूल्य सर्वाधिक कम र शुक्रवार कायम शेयर मूल्यको आधारमा गणना गरिएको हो । तीन हप्ताको अवधिमा भएको सुधारका क्रममा अधिकतम हुँदाको मूल्यलाई यहाँ हेरिएको छैन । पछिल्लो एक सातामा भएको करेक्सन तथा गिरावटका क्रममा अन्य कम्पनीको शेयर मूल्य जति धेरै घटेको छ बीमा कम्पनीको शेयर मूल्यमा भने त्यति धेरै घटेको छैन ।

यस अवधिमा बीमा कम्पनीको शेयर मूल्य धेरै नै तल्लो रेन्जमा छ । यदि बजार बढ्न थाल्यो भने सबैभन्दा पहिला बीमा कम्पनीकै शेयरमा सर्वाधिक सुधार आउने भएकाले पनि बीमा कम्पनीको शेयरमा लगानीकर्ताको कन्फिडेन्स धेरै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS