काठमाडौं । नेपाल अरनिको हाइड्रोपावर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा असार २७ गते हुने भएको छ । कम्पनीले सभा रजिष्टर्ड कार्यालयमा बिहान ११ः३० बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।