IME Life New

पिपुल्स पावरले ३१ लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डबाट पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स पावर लिमिटेडले ३१ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रति शेयर एक सय रुपैयाँ दरमा ६ लाख ३२ हजार ६ सय कित्ता र सर्वसाधारणका लागि एक सय रुपैयाँ दरमा २४ लाख ६७ हजार ४ सय कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो ।

आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले अब आइपीओ निष्काशन तथा विक्री खुला गर्न प्रक्रिया अगाडी बढाउनेछ ।

Esewa
Crest

धितोपत्र ऐन २०६३ धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ यस बोर्डबाट जारी गरिएका निर्देशनहरुमा उल्लेखित व्यवस्था तथा विवरणपत्र प्रकाशनका लागि दिएको स्वीकृतिपत्रमा उल्लेख गरिएको निर्देशन त्यस कम्पनी र निष्काशन तथा विक्री प्रबन्धकबाट पुर्ण रुपमा पालना गर्न समेत आग्रह गरेको छ ।

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS