Connect IPS
IME Life

बजेटबाट अपेक्षित संबोधन नहुँदा शेयर बजारमा भारी गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले शेयर बजारलाई अपेक्षित संबोधन गर्न नसक्दा सोमबार नेप्से सूचक ४५.०९ अंकले घटेको छ । लगानीकर्ताले पूँजीगत लाभकर घट्ने अपेक्षा गरेका थिए । उनिहरुले पूँजीगत लाभकरको वर्गिकरणमा गणना अवधिमा पनि केहि संबोधन हुने आशा गरेता पनि बजेटले अप्रत्यक्षमा रुपमा धेरै कुराहरुलाई समेटे पनि प्रत्यक्ष रुपमा खासै ठुला कार्यक्रम आएन ।

अर्को तर्फ बजेटले आर्थिक पुनरुत्थान तर्फ भन्दा पनि लोकरिझ्यायीलाई ध्यान दिदा तत्काल अर्थतन्त्र सुधार हुने संकेत पनि देखिएको छैन । सरकारले जनता खुसी पार्ने गरी तलब बढाउने, आम्दानी करमा सिलिङ बढाउने, नियमित उपभोग्य बस्तुमा लाग्दै आएका करलाई यथावत राख्ने जस्ता व्यवस्था गर्यो ।

Prabhu
Crest

सोमबार नेप्से सूचक ४५.०९ अंकले घटेर २१७८.६९ अंकमा रोकिएको छ । कारोबार रकममा पनि खासै ठुलो सुधार देखिएको छैन । आज एक अर्ब ३३ करोड रुपैयाँको खरिद बिक्री भएको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आउदा जीवन र निर्जीवन बीमा कम्पनीहरुको शेयर मूल्य सर्वाधिक धेरै घटेका छन् ।

मर्जरका कारण एक वर्षदेखि कारोबार रोकिएको नेपाल इन्भेष्टमेन्ट बैंकको आजदेखि दोस्रो बजारमा कारोबार खुला भएको छ । कारोबार खुला भए पनि शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक धेरै घट्नेमा ज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन छन् ।

सर्वाधिक धेरै बलेफी हाइड्रोपावर र उपकार लघुवित्तको शेयर मूल्य बढेका छन् । कारोबार रकम तर्फ भने सर्वाधिक धेरै नेपाल टेलिकमको ४ करोड ९६ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS