IME Life New

गठबन्धन सरकारको बजेटमा नारा नै नारा, ३१ मध्ये एउटा बीमा पनि पर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी नयाँ आर्थिक वर्षको लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट सार्वजनिक गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ, पूँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तिय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा भने वित्तिय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड बजेट छुट्याइएको छ ।

Esewa
Crest

सरकारले सार्वजनिक गरेको बजेटको विभिन्न शिर्षक अनुरुपका नाराहरु प्रस्तुत गरिएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले तय गरेका नाराहरु निम्न छन् ।

१. आयातबाट उत्पादन तर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरता तर्फ र वञ्चितिकरणबाट समावेशीता
२. स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धिस् समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि
३. कृषि क्षेत्रको रूपान्तरण र रोजगारी वृद्धिः निरपेक्ष गरिबीको अन्त्य र आर्थिक समृद्धि
४. आत्मनिर्भरताको लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष
५. आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम
६. किसानसँग सरकार कार्यक्रम
७.किसानसँग सरकार कार्यक्रम
८.कृषि जैविक विविधता वर्ष
९.उत्पादनमा वृद्धिस् मुलुकको विकास र समृद्धि
१०.प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम
११.आफ्नै उत्पादन आफ्नै उपभोग
१२.मेक इन नेपाल तथा मेड इन नेपाल
१३.एक स्थानीय तह, एक विशिष्ट उत्पादन
१४.आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन
१५.खेतदेखि कारखाना
१६.सहकारीको मन्त्रः आत्मनिर्भर अर्थतन्त्र
१७.जनताको रहरः हरित शहर
१८.शिक्षासँगै सीप
१९.हाम्रो विद्यालयस् हाम्रो जिम्मेवारी
२०.प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तारस् समृद्धिको आधार
२१.राज्यको अभिभारास् एक घर एक धारा
२२.महिला पहिला
२३.नेपालीको सपनास् परिवर्तनकारी पूर्वाधार योजना
२४.चार भञ्ज्याङ्ग चार सुरुङ मार्ग
२५.ऊर्जा क्षेत्रको विकासस् नेपालको पानी जनताको लगानी
२६.एल.पि. ग्यास छोडौं, विजुली जोडौं
२७.नदी किनाराका गरा सधैं हराभरा
२८.साइबर सुरक्षाको सुनिश्‍चिततास् एक्काइसौं शताब्दीको आवश्यकता
२९.एक घरपरिवार एक रोजगार, एक बस्ती एक आर्थिक पहिचान, एक वडा एक बजार
३०सामाजिक सांस्कृतिक रूपान्तरण र राष्ट्रिय एकता सम्वर्द्धन
३१.एक परिवार एक बीमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS