IME Life New

दुई पुनर्बीमा कम्पनीको कुल लगानी २५ अर्ब ९६ करोड रुपैयाँ, ८७ प्रतिशत मुद्दती निक्षेपमै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा २५ अर्ब ९६ करोड रुपैयाँ लगानी गरेका छन् । जस मध्ये नेपाल पुनर्बीमा कम्पनीको मात्रै १८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने हिमालयन रिको ७ अर्ब ३४ करोड रुपैयाँ लगानी रहेको छ ।

हिमालयन रिले ७ अर्ब ११ करोड रुपैयाँ बाणिज्य बैंकको मुद्दती निक्षेपमा जम्मा गरेको छ । यस बाहेक हिमालयनले २० करोड रुपैयाँ बाणिज्य बैंकको ऋणपत्रमा र तीन करोड रुपैयाँ विकास बैंकको मुद्दती निक्षेपमा जम्मा गरेको छ ।

Esewa
Crest

नेपाल पुनर्बीमाले भने नेपाल सरकारको बचत पत्रमा ३० करोड रुपैयाँ, बाणिज्य बैंकको मुद्दती निक्षेपमा १३ अर्ब ७८ करोड रुपैयाँ, दोस्रो बजारमा सूचिकृत कम्पनीको सर्वसाधारण शेयरमा ९ करोड ४७ लाख रुपैयाँ, सूचिकृत ऋणपत्रमा एक अर्ब ६४ करोड रुपैयाँ, विकास बैंकको मुद्दती निक्षेपमा एक अर्ब ७० करोड रुपैयाँ, विभिन्न कम्पनीको संस्थापक शेयरमा एक अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS