Connect IPS
IME Life

सिटिसी मलको ऋण उठाउन कर्मचारी सञ्चयकोषले कबल बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्मचारी सञ्चयकोषले सिटिसी मलको कर्जा असुल गर्न मल भित्रका कबल लिलाम बिक्री गर्ने भएको छ । मलका मालिक इच्छाराज तामाङले विगत डेढ वर्षदेखि सावा, व्याज र किस्ता भुक्तानी नगरे पछि कोषले कबल लिलाम गरेर कर्जा उठाउन लागेको कोषका मुख्य प्रबन्धक भरतराज वस्तीले बताए ।

सिटिसि मलका मालिक इच्छाराज तामाङले सावा व्याज नतिरेपछि मलका कवल लिलामी बिक्रि गर्न लागिएको कोषका वस्तीले जानकारी दिए । कोषले मलका स्वामित्वकर्ता तामाङलाई ऋण तिर्नका लागि मंसिरमा ३५ दिनको समय दिइ सूचना जारी गरेको थियो । तर तामाङ सम्पर्कमै नआएपछि मलका कवल लिलामी गर्न लागिएको हो । कोषले तामाङलाई उपलब्ध गराएको कर्जाबारे भने खुलाएको छैन ।

Prabhu
Crest

मलमा कुल १३२ वटा कवलहरु रहेको छ । कोषले कवल खरिद गर्न इच्छुकले सूचना जारी भएको ३५ दिनभित्र बोलपत्र हाल्नुपर्ने वस्ती बताए । कोषले आन्तरिक रुपमा तय गरेको आधार मूल्य अनुरुपको बोलपत्र परेमा मात्रै उक्त बोलपत्र अनुरुप कवल बिक्री गरी गरिने उनले जानकारी दिए ।

समय अवधि अनुरुप स्वामित्वकर्ताले ऋण नतिरेकोले कोषले प्रदान गरेको कर्जा उठाउन कवल लिलामी बिक्रि गर्न लागिएको हो । कोषले जारी गरेको आधार मूल्य अनुरुप २५ प्रतिशत कवल विक्रि भएमा पनि कोषले प्रवाह गरेको कर्जा उठ्ने मुख्य प्रबन्धक भरतराज वस्तीले बताए । कोषको कवल लिलामी पश्चात कोषको कर्जा उठेपछि भने स्वामित्वकर्ता तामाङलाई कर्जाबाट फुकुवा गरिने उनले बताए ।

मलका स्वामित्वकर्ता तामाङ भने हाल थुनामा छन् । सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभले बचकर्ताको साढे ७ अर्ब रुपैयाँ फिर्ता नदिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS