IME Life

कनेक्ट आइपिएस मार्फत कसरी तिर्ने बीमा शुल्क ? यसरी जान्नुहोस् (भिडियो सहित)

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले कनेक्ट आइपिएस मार्फत बीमा शुल्क ‘प्रिमियम’ भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएका छन् । कनेक्ट आइपिएस चलाउन नजान्दा कयौ बीमितहरु बीमा कम्पनीको शाखा कार्यालयमै धाएर भुक्तानी गरिरहेका छन् । कहिलेकाही आफ्नै नजिकका व्यक्तिहरुलाई पैसा दिएर भुक्तानीका लागि पठाउदा उनिहरुले समयमा नतिरिदिदा हर्जना समेत तिर्नु परेको छ ।

कनेक्ट आइपिएसबाट विभिन्न इन्स्योरेन्स कम्पनीहरुको प्रिमियम भुक्तानी गर्न धेरै सजिलो छ । यस मार्फत इन्स्योरेन्सको भूक्तानी गर्न सर्वप्रथम कनेक्ट आइपिएस डटकममा आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरि कनेक्ट आइपिएसमा लगइन गर्नु पर्नेछ ।

Prabhu
Crest

लगइन गरेपछि बाँयापट्टिको मेन्यू मध्ये फाइनान्सियल इन्स्टिच्युसनमा रहेको इन्स्योरेन्स छनौट गरि त्यसभित्र रहेको कम्पनीहरुमध्ये आफूले प्रिमियम भर्न लागेको इन्स्योरेन्स कम्पनीलाई छनौट गर्न सकिनेछ । त्यसपछि भुक्तानी गर्ने बैंक खाता छनौट गरि मागिएको आवश्यक विवरण भरि ट्रान्सफरमा क्लिक गर्नु पर्नेछ ।

स्क्रिनमा सोधिए बमोजिम आफूले सेट गरिएको ट्रान्जेक्सन पासवर्ड वा आफ्नो मोबाइल तथा  इमेलमा प्राप्त ओटिपी प्रयोग गरि सबै विवरणहरु राम्रोसँग रुजु गरि सम्मिट बटनमा क्लिक गर्नु पर्नेछ । भुक्तानी सफल भएको सूचना प्राप्त गरेसँगै कनेक्ट आइपिएस मार्फत इन्स्योरेन्स भुक्तानी सजिलै हुनेछ । कनेक्ट आइपिएसको अरु सेवा जस्तै यो सेवा कनेक्ट आइपिएसको मोबाइल एपबाट पनि चलाउन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS