काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ७६ अंकले घटेर २,२७५ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज दिनभरिमा २३३ वटा कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ९२ लाख १९ हजार रुपौँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नविल बैंकको ३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ३ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै जाल्पा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया सेलेक्ट फण्डका इकाईधनीले २ प्रशिततका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रिन भेञ्चरका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।