काठमाडौं । आज सातामो दोस्रो दिन शेयर बजार नेप्से परिसूचक ४८ दशमलव ७३ अंकले घटेर २,३०७ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज ७ वटा कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १८७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले पनि २ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।