Connect IPS
IME Life

निर्णय विपरीत उम्मेदवारी दिएकालाई फिर्ता बोलाउने गठबन्धनको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताबीच गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले सो सहमति गरेको हो ।

पाँच शीर्ष दलबीच छ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता लिने सहमति भएको हो ।

Prabhu
Crest

बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्टिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

यसैगरी, पाँच दलबीच कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल खारेज गर्ने समहति भएको छ । गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र ताममेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने सहमति भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS