काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ०२ अंकले घटेर २,३७० दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज उत्पादनमुलक र म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।
आज दिनभरिमा २२८ वटा कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सिद्धार्थ बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज अपि पावर कम्पनीको ४ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको ३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको २ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल समृद्धि फण्डका इकाइधनीले ५ प्रतिशतका दरले कमाउका छन् ।
आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।