Connect IPS
IME Life

स्थानिय तहको निर्वाचनका लागि १ लाख ४१ हजार ४६८ जनाले गराए मनोनयन दर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्थानिय तहको आसन्न निर्वाचनका लागि कुल १ लाख ४१ हजार ४६८ जनाले उम्मेद्वारी मनोनयन गराएका छन् । बैशाख ३० गते सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन आयोगले बैशाख ११ र १२ गते मनोनय दर्ताको समय तोकेको थियो । जस अन्तर्गत देशभरबाट विभिन्न पदका लागि स्थानिय तहमा उम्मेद्वारी मनोनयन भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार देशभरबाट ३ हजार ३१८ जनाले मेयरका लागि उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरी उपमेयरका लागि भने विभिन्न दलबाट २ हजार ३६ जनाले उम्मेद्वारी दिएका छन् । गाउँपालिका अध्यक्षका लागि ३ हजार ३०६ जनाको उम्मेद्वारी परेको छ । यसैगरी गापाउपाध्यक्ष पदका लागि भने २ हजार ३४३ जनाले उम्मेद्वारी मनोनयन गराएका छन् ।

Prabhu
Crest

साथै, वडाध्यक्षका लागि ३३ हजार १११ जनाको मनोनयन दर्ता परेको छ भने वडा सदस्यका लागि ५१ हजार ९२ जना रहेका छन् । वडा सदस्य महिला तर्फ भने २४ हजार २८३ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । साथै वडा स्तरिय दलित महिला वडा सदस्यका लागि भने २१ हजार ९७५ जनाले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले बैशाख १३ गते भने उजुरी दर्ताको समय तोकिएको छ । जसअन्तर्गत मनोनयन दर्ता गराएका उम्मेद्वारमाथि उजुरी दिन सकिने व्यवस्था रहेको छ ।

निर्वाचन आयोगको तथ्याङ्क अ अनुसार बैशाख ३० मा हुन गइरहेको स्थानिय तहको निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । जसमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला मतदाता रहेका छन् । पुरुषतर्फ ८९ लाख ९२ हजार १० जना मतदाता रहेका छन् । अन्य तर्फ भने १८३ जना मतदाताको संख्या रहेको आयोगले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS