काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ९५ अंकले घटेर २,३८६ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ४ करोड २२ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज शिवम् सिमेन्टको ६ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ५ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।