काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडको तेस्रो, चौथो र पाँचौं वार्षिक साधारण सभा बैशाख २१ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड, कार्यालय जेडीए कम्प्लेक्स, सुन्धारा, काठमाडौंमा दिउँसो ४ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको विशेष प्रस्तावमा कम्पनीको कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने रहेको छ ।
साथै, सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने रहेको छ ।