Connect IPS
IME Life

लगातार चौथो दिन पनि नेप्सेमा गिरावट, तीन उपसूचक बाहेक सबै रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको चौथो दिन पनि शेयर बजार घटेको छ । यो साता लगातार शेयर बजार ओरालो लागेको छ । आज परिसूचक नेप्से २३ दशमलव ३२ अंकले घटेर २,४२८ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज होटल एण्ड टुरिजम, म्युचुअल फण्ड र अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज ३३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५६ वटा कम्पनीको शेय। मुल्य घटेको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ४३ लाख ७९ हजार ०४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राष्ट्र उत्थान लघुवित्तको ९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी आज नविल बैंकको ६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइप इन्स्योरेन्स कम्पनीको ४ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । तारागाउ रेजेन्सीका लगानीकर्ताले ३ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इदी मर्दीका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS