IME Life New

नेपालले भारतीय उर्जा बजारमा ३२५ मेगावाट विद्युत विक्री गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालले भारतीय उर्जा बजारमा प्रतिस्पर्धी दरमा ३२५ मेगावाट विद्युत बिक्री गर्न पाउने अनुमति प्राप्त गरेको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रिय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत बजारमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति दिएको हो ।

यसअघि २०७८ कार्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत भारतीय उर्जा एक्सचेन्ज आइएक्समा विक्री गर्न स्वीकृति दिएको थियो । यो सँगै नेपालले भारतीय विद्युत बजारमा ३४४ मेगावाटसम्म विद्युत विक्री गर्न प्रवेश पाउने छ ।

Esewa
Crest

नेपालले थप विद्युत निर्यातका लागि स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमति बमोजिम जारी भएको इन्डिया नेपाल ज्वाइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर कर्पोरेसन कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

यसबाट वार्षायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरी अतिरिक्त विद्युत निर्यात भई दुई देशबीचको व्यापर घाटामा कमी आइ अर्थतन्त्रमा सकारात्मक योग्दान पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS