Connect IPS
IME Life

डाबरले ल्यायो “रियल पेट”

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फ्रुट जुसको विधामा बजार अग्रणी डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा पनि उपलब्ध हुनेछ ।

नेपाली उपभोक्तालाई नवीनतम उत्पादनबाट खुशी राख्ने निरन्तर प्रयासको एउटा उपजको रुपमा यो उत्पादन ल्याइएको डाबर नेपालका व्यवसाय प्रमुख एचएस बेदीले बताए ।

Prabhu
Crest

रियल पेट बोतलको लन्च गहन बजार अनुसन्धानको प्रतिफल भएकोे, जहाँ उपभोक्ताको पेट बोतल प्रतिको लगाव ज्यादै उच्च भएको डाबर नेपालका मार्केटिङ्ग प्रमुख अभय प्र. गोर्खालीले बताए । बजार अग्रणी भएको नाताले प्याकेजिङलाई विस्तारीत गरी नयाँ आकर्षक स्वरुप– पेट बोतल मार्फत पारखी नेपाली उपभोक्ताहरुको मुखै रसाउने स्वादिलो फ्रुट जुस प्रदान गर्नु आफूहरुको दायित्व भएको उनको भनाई छ ।

रियल पेटलाई टेष्ट द फन ट्यागलाइनका साथ स्वादिलो,टेष्टी र फन जुसको रुपमा परिचित गरिएको छ र यसलाई अन द गो मै हुने युवाहरु प्रति लक्षित गरिएको छ । सिने जगतको प्रख्यात अभिनेत्री आँचल शर्मा र चिर–परिचित गायक सुशान्त केसीलाई मिलेनियलहरुसँग कनेक्ट भएको कारणले ब्राण्डले सेलिब्रटी अनुमोदनकर्ताको रुपमा लिएको छ ।

नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोटलमा क्रमशः ३५, ८५ र१५० रुपैयाँमा उपलब्ध रहेकोछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS