काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४६ दशमलव ४६ अंकले घटेर २,४५२ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १० वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।युनिलिभर नेपालका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।