प्रभा ज्ञवाली बीमा सम्राट । जब मानिस सफल हुन्छ उ एक्लो हुन्छ । उसको सफलका पछाडी धेरै जनाको हात अनि साथ हुन्छन् । तर ति सबै हात र साथ सफलतामा खुसी भएर मलाई अझ थप हौसला दिन पक्कै आएका होईनन् हुनत जिन्दगीको दौडमा दौडिदै गर्दा कहिले काँही आफ्नै मन आत्मा शरिरले पनि साथ दिदैन भने अरुको त के नै आसा गर्नू र !
बिगत १८ बर्षदेखी एलआईसी नेपालको अभिकर्ता भई काम गर्दै आएको छु । मैले सफलता कामको उचाई, कमाएको पैसा र प्रतिष्ठालाई मान्ने हो भने आजका मितिमा बीमा जगतमा ख्याती प्राप्त नाम हो ‘प्रभा ज्ञवाली बीमा सम्राट’ । तर यो ख्याती कमाउन मैले कति मेहनत गरे कति दुख पाए भन्ने कुराहरु मैले हासी हासी सुनाउछु, तर हजुरहरुले रुदै रुदै सुन्नु हुनेछ सबै कुरा बेली बिस्तार लाएर म हजुरहरुलाई रुवाउन पनि त चाहान्न ।
सबैको बाबा मामुको जस्तै मेरो बाबा मामुको पनि सपना छोरी डाक्टर इन्जिनियर वा कुनै सरकारी अफिसर होस् भन्ने थियो होला तर बिडम्बना म त केही बन्न सकिन । मेरो योग्यताले सक्ने बीमा अभिकर्तालाई पेशा अंगाले ।
आफुले देखेका सपना आफैले मेहनत गरेर पुरा गर्नू पर्छ भनेर सिकाउने बाबाको कारण म पनि तेही अनुसार आफुलाई आफ्ना खुटृमा उभिन सक्ने गरि स्वाबलम्बी बन्ने प्रेरणा प्राप्त हुन्थ्यो। बीमा अभिकर्ताको काम गर्दै जादा म आफुलाई पेशा वा काम कुनै ठुलो सानो हुदैन मान्छकोे सोच हो मैले कदापी मेरो पेसालाई सानो सोच्नू हुदैन भन्ने प्रेरणा आफैमा बढ्न गयो कहिले काँही समाजका तिता मिठा कुरा र नकारात्मक सोच अर्काको सफलतामा इर्स्या आखाले मेरो अन्तरआत्माको बलिरहेको दियो निभ्न खोज्थ्यो । त्यो बत्ती फेरी बल्नको लागि सहयोग गर्ने मेरा परिवार र आफन्त कोही हुदैन थियो ।
मधेशी क्षेत्र सानो बस्ती त्यो बस्तीबाटै एउटा उचाई हुन कुदेकी म गाह्रो बिना कतिपय अवस्थामा समाजको नचाइने कुरा पचाउन नसक्दा आफैलाई सकाइदिन भन्नेसम्म लाग्थ्यो तर फेरी आफ्नो बीमा कम भएको र यसबाट आउने पैसाले परिवारको उज्यालो भविष्य दिन नसक्ने भन्ने लाग्थ्यो र समाजले निभाएको त्यो बत्ती फेरी आफै बालेर कुदे ।
मेरो त्यो दिन सम्झन मन लाग्यो मैले दिनमा ३ सय किलोमिटर स्कुटर चलाएर बीमा पोलिसी बेचेको छु त्यो पनि ३५०० प्रिमियमको । स्कुटरमा हिड्न लाग्ने समयको घरमा खाली बस्ने टोलमा दिन बिताउनेले कसरी अन्दाज गरे होला विक्षिप्त मनलाई बन्द कोठामा आसुले पखालेर अर्काे दिन फेरी उहि कुदाई भयो । ३५०० संगै ३५००० देखि ३५००००० सम्मको प्रिमियम उठाउन थाले तेही अनुसार आम्दानी बढाउदै स्कुटर छोडी कार चड्न थाले ।
आज मैले जुन सफलता हासिल गरेको छु जसको ठुलो श्रेय सहनशिलता, धैर्यता, कामप्रतिको जुनुन र आफैले आफैसँग आफ्नो मनसँग गरिएको कमेन्टमेन्टपुरा गर्नु पर्छ भन्ने हो जति अफ्ठेरो परे पनि जसले जे जे भने पनि मेरो काम बीमा अभिकर्ता हो ।
यसबाट मैले प्रत्यक्ष अप्रत्यक्ष रुपमा समाज सेवा र राष्ट्र् परिवर्तनको काम गरेको छु भन्ने लाग्न थाल्यो । मैले हरेक अंग्रेजी महिनाको दुई दिन मेरो शाखामा आफ्नो बिएमलाई सोध्छु यो महिनाको मेरो टारगेट के ? उहाँले मलाई जे दिनु हुन्छ त्यो मेरो महिना भरीको निशाना हुन्छ र त्यो निशानीलाई मैले मर्निङ वाल्क हिड्दा, गाडी चलाउदा या घरको काम गर्दा अर्जुन दृष्टी लगाइ रहेको हुन्छु र महिना सकिदा त्यो पुरा पनि गर्छु र सफल हुन्छु र यो सफलता आज देश विदेशमा फैलिदै गएको छ ।
तर जीवन बीमा अभिकर्ता गाह्रो पेशा हो समाजमा अझपनि यो पेशालाई सम्मानिय नजरले हेरिदैन यस पेशामा हाम्रो जीवन उहाहरुको पैसाले चलेको सोचिन्छ जबकी एक परिवारको धरोहर र राष्ट्रको लागि कुल ५० अर्ब राजश्व अनुदान बीमा अभिकर्ताहरुबाट रहेको छ । अनि बीमा क्षेत्रलाई जनजनमा पुर्याउने काम अभिकर्ताको हो यसलाई झकझलककाउने नियमनकारी निकाय बीमा समिति हो बीमा समितिले लाइफ र ननलाइफ गरि कुल रकमको १ प्रतिशत लिन्छ तर काम केहि गदैन राज्य र बीमा कम्पनीहरुले पनि दैनिक रुपमा सेवा सुविधा काटने काम गरि रहेको छ ।
बीमा अभिकर्ता मार्फत भइरहेको व्यवसाय हामीलाइ प्रमोट गर्नको साट्टो निराश गरेको छ । कम्पनी तथा सरकारले हाम्रो भविष्य बारे सोचेको छैन हामीले काम गर्दासम्म जेनतेन जीवास्तर चलाउछौ कमाउन नसक्दा के गर्ने त ? सामान्य लेबलको अभिकर्ताले पनि वार्षिक ४५ लाख कर तिर्छौ तर त्यसको रिटन खै त? तर पनि सुख छैन सफलतासंगै व्यवस्थ जीवनशैली परिवारलाई दिन नसकेको समय साथी भाई संगै बिताउन नपाएको रमाइला क्षणलाई मान्छेले पैसा कमाएर ठुली भई भन्ने आरोप लगाउछन् सबै पेशा व्यवसायको कमाई हुन्छ नि काम गरेपछि तर अभिकर्ताले सित्तैमा कमाएको भन्ने सोच्छन् । एकजना व्यक्तिसगं एउटा पोलिसि लिई सकेपछि १५/२० वर्ष उसलाई दिनुपर्ने बीमा पोलिसी पछिका सेवा कसैले याद नै गदैनन् दिनदिनै आउने मृत्यु दाबी भुक्तानी र त्यसको सेटलमेन्टको लागिको कुदाई कसैले देख्दैनन् ।
आफु सफल हुनलाई कति लगानी गरेको देख्दैनन्, देख्छ तबसम्म कोईसगँ हासेको मुस्कुराएको खिचेको फोटो, फेरेको लुगा जुत्ता र व्याग त्यो पनि नजरकै कुरा हो जसको जस्तो नजर उस्तै हेराई सफलता चुनैती नै हो तर हजुरहरुको साथ माया हौसला पनि यति छ की यो चुनौती हासी हासी सामना गर्न सक्ने भएको छु । तर जस्ले जे भने पनि जीवन बीमा भनेको एकातिर बचत गर्ने माध्यम हो भने अर्काे तिर कुनै पनि व्यक्तिको जीवनमाथी भविष्यमा आईपर्ने दुर्घटनाबाट बच्न बीमक र बीमितबीच गरिएको कानुनी करार वा सम्झौता हो त्यसैले सबैले आफ्नो आम्दानीको अवस्थानुसारको जीवन बीमा गराउ ।
म हु एक बीमा वाला हिन्दु, मुस्लिम, शिख, इसाइ,सबैको आरिकीक सुरक्षको रखवाला, हैन म कुनै राजनितिक धार्मिक र जातिय विभेदवाला, बस सबैलाई दिने गर्छु आबिक सुरक्षा उन्नतीको हवाला, म हु एक बीमावाला, पर्ख तिमिलाई जीवन बीमा चाइने बनाउछु, चाइएको बेला खोजेर पनि नपाइने बनाउछु, जीवन बीमा गरिदेउ गरिदेउ भन्दै मल्लिन आशा लिदा एलआइसी नेपालकै पोलिसी लिने बनाउछु ।