Connect IPS
IME Life

मिडिया नाइनको ‘३६० इम्प्याक्ट अवार्ड’ मा १० प्रभावशाली व्यक्ति, समुह सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिडिया नाइनले आयोजना गरेको ‘३६० इम्प्याक्ट अवार्ड २०२२’ अन्तर्गत १० प्रभावशाली नायक, संस्था सम्मानित भएका छन् । कोभिड– १९ को समयमा कोभिड रोकथामसँगै धैर्य धारण गर्न साहज बाँड्ने समुह र व्यक्तिलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सन् २०२० को सुरुवातसँगै फैलिएको कोरोना महामारीले विश्वलाई नै त्रसित बनाएको थियो । कठिन परिस्थितिलाई पार गर्न केही व्यक्ति तथा समुहले निभाएको सकारात्मक भूमिकाप्रति मिडिया नाइनले सम्मान प्रदान गरेको सम्पादक चारु चड्डाले बताइन् । प्रकोपको समयमा केही व्यक्तिहरुले खेलेको भूमिकालाई मध्य नजर गर्दै नाइन मिडियाले नायकको परिभाषा समेत परिवर्तन गरिएको उनले बताइन् ।

Prabhu
Crest

समाजमा रहेका यस्ता सहासि नायकहरुलाई हौसला प्रदान गर्न आवश्यक रहेकोले नाइन मिडियाले यस अवार्डको आयोजना गरिएको हो । यसले मानवता दर्शाउने, मदत गर्ने, निको पार्ने, पुनरुत्थान गर्न, आशा र प्रेरणको दिगो बाल्न समेत यस्ता व्यक्तिहरुलाई थप प्रोत्साहन दिनुपर्ने नाइन मिडियाका सम्पादक चारु चड्डा बताउँछिन् ।

नाइन मिडियाले नायकको उपनाम दिइएका १० समुह तथा व्यक्तिहरुमध्ये पहिलोमा अझै कति सहने नारा सहित सडकमा उत्रिएका नेपाली युवाको समुह रहेको छ । यसैगरी कोभिड अलाइन्स फर नेपाल, एक एक पाइला, इनाउज इज इनाउन, हामी नेपाल रहेको छ । यसैगरी कारागारमा रहेका साना बालबालिकालाई सहयोग गर्दै आएकी इन्दिरा रानामगर पनि यस अवार्डबाट सम्मानित भएकी छिन् । साथै कोरोनाको समय माथिल्लो डोल्पामा बालबालिकालाई पढाउने मोइन उद्धिन, नेशनल इन्नोभेसन सेन्टर नेपाल, नेपाल एम्बुलेन्स सर्भिस् र आरएनए १६ रेस्क्यु एण्ड अवेर्नेस गरि कुल १० समुह र नायक सम्मानित भएका हुन् ।

उक्त १० नायकहरुलाई डा. रुइत लगाएतका अतिथिहरुले ‘३६० इम्प्याक्ट अवार्ड २०२२’ प्रदान गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS