IME Life New

छ्याङदी हाइड्रोपावरको लिलामी शेयरको बोलपत्र आज खोलिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङदी हाइड्रोपावरले लिलामीमा विक्री गरेको शेयरको बोलपत्र आज बिहिबार खोलिने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहिबार दिउँसो ३ बजे नक्साल कार्यालयमा बोलपत्र खोलिने जनाएको छ ।

कम्पनीले चैत्र १ गतेदेखि ९ गतेसम्म हकप्रदमा अवितरित ५९ हजार ८ सय २७ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रि गरेको थियो। आवेदन दिदा न्युनतम १ सय कित्ताको लागि आवेदन दिनु पर्ने र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो । शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने ब्यबस्था गरिएको थियो ।

Esewa
Crest

सबैभन्दा बढी रकम कबुल गर्नेलाई शेयर प्रदान गरिने छ । यदि सबैभन्दा बढी रकम कबुल गर्नेलाई शेयर प्रदान गरिएपछि शेयर बाँकि रहेमा त्यसपछिको बढी मूल्य कबुल गर्नेलाई शेयर प्रदान गरिने छ । शेयर बाँकि रहँदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

छ्याङदी हाइड्रोले माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद निष्काशन गर्दा आवेदन नपरेको शेयर लिलामी प्रक्रियामार्फत विक्री गरेको हो ।

कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने ब्यबस्था थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS