काठमाडौं । बीमा समितिले एक करोड १३ लाख रुपैयाँको दुई वटा गाडी किन्ने भएको छ । समितिले खुला बोलपत्र आह्वान गर्दै महेन्द्राको स्कोर्पियो र क्रेटा १.५ एस खरिद गर्ने भएको हो । सबैभन्दा कममा प्रस्ताव हाल्ने अग्नी इन्कर्पोरेटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल छनोट भएका छन् ।
समितिले महेन्द्राको स्कोर्पियो ६४ लाख ६० हजार १७६ रुपैयाँ र क्रेटा १.५ एस ४८ लाख ९४ हजार ६९० रुपैयाँमा खरिद गरेको छ । समितिले उक्त गाडी खरिदका लागि २०७८/७९ को बजेटमा व्यवस्था गरेको छ । विनियोजित बजेट अनुसार खाडी खरिदका लागि समितिले फागुन ३ गते इ-विडिङ आह्वान गरेको थथियो । सोहि अवधिमा इ-विडिङ गर्ने मध्ये सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबैभन्दा कममा विडिङ गर्ने अग्नी इन्कर्पोरेटेड र लक्ष्मी इन्टरकन्टिनेन्टललाई छनोट गरेको हो ।