Connect IPS
IME Life

ज्योति फाउण्डेशनद्धारा हिमालय उद्धार संघलाई जेनेरेटर सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

 

काठमाण्डौं । नेपालका लागि होण्डा ब्राण्डका आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. र ज्योति फाउन्डेसनले हिमालय उद्धार संघ नेपाललाई जेनेरेटर हस्तान्तरण गरेको छ । उक्त संस्थालाई ज्योति समुहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेशनका संचालक मिरा ज्योति र स्यकाकर ट्रेडिङ कम्पनी प्रा.लि., का अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिले एक कार्यक्रमको बिच उक्त संस्थालाई सहयोग स्वरुप होण्डा जेनेरेटर हस्तान्त्रण गरेका हुन् ।

Prabhu
Crest

यस संस्थाले विषेशत हिमाली क्षेत्रका अति बिकट ठाउँ जहाँ स्वास्थ्य सेवामा कम पहुँच वा पहुँच नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार गर्ने जस्ता कार्य गर्दै आइरहेको छ । बिभित्र स्वास्थ्य उपकरणहरु जस्तै अक्सिजन, भिडियो एक्सरे, तथा अन्य डायग्नोष्टिक उपकरणहरु संचालन गरी स्वस्थ शिबिर संचालन तथा उद्धार कार्यमा सहज होस् भत्रे हेतुले उक्त जेनेरेटर हस्तान्तरण गरेको ज्योति फाउन्डेसनले जनाएको छ ।

यस ब्राण्डका जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम ईन्धन खपत, कम आवाज, न्यूनतम संचालन खर्च, वातावरण मैत्री र भरपर्दो मानिन्छ । यो सेगमेन्टमा होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्रि हुने पावर प्रोडक्टहरुमा पर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS