काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ४३ अंकले घटेर २,५७२ दशमलव २३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २३२ वटा कम्पनीको ८९ करोड २३ लाख ०१४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको २७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुराँस लाइफ इनस्योरेन्स कम्पनीको १७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट इन्स्योरेन्सको १६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १६ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।