IME Life New

प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ काठमाण्डौमा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थतन्त्रका वर्तमान समस्याहरु माथि गहनरुपमा छलफल गरी समाधानका उपाय खोज्ने र स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लागि आधारशीला तयार पार्ने उद्देश्यले चैत्र ११ र १२ गते काठमान्डौंमा प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ सम्पन्न भएको छ ।

राष्ट्रिय आर्थिक सरोकार समाज नेपालद्धारा आयोजित सम्मेलनको पहिलो दिन उद्घाटन समारोहमा अतिथिहरुमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता डा. प्रकाश शरण महत, एमाले नेता घनश्याम भुषाल, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयाल, अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. शिवराज अधिकारी लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रा.डा. जीवनाथ धितालले राखे ।

Esewa
Crest

उक्त समारोहको पहिलो दिन अर्थशास्त्री डा. जीवन अंगाईले नेपाली अर्थतन्त्रको परिदृष्य र समसामयिक मुद्धाहरुको विषयमा पेपर प्रस्तुत गरेका थिए । त्यस्तै, डा. सुनिल कुमार पोखरेलले दीगो विकासका लागि प्राकृतिक श्रोत साधनको उपयोगिता विषयमा पेपर प्रस्तुत गरेका थिए । डा. पोखरेलको कार्यपत्रमाथि डा. चन्द्रमणी अधिकारी र डा. निर्मल कुमार रावतले टिप्पणी गरेका थिए ।

सम्मेलनको दोश्रो दिन विभिन्न ७ वटा विषयहरुम प्रस्तुतीकरण र गोलमेच छलफल भएको थियो । यी सत्रहरुमा प्रा. डा. सुरेन्द्र लाभ कर्ण, दिपेन्द्र बहादुर क्षेत्री, डा दिल बहादुर गुरुङ्ग, प्रा. डा. सूर्य थापा, लिलामणी पौडेल, डा. रघुवीर विष्ट र प्रा. डा. विश्वम्भर प्याकुरेलले अध्यक्षता गरेका थिए ।

पहिलो कार्यपत्र हरि रोकाले कसरी निर्माण गर्न सकिन्छ नेपाली समाज? भन्ने विषयमा प्रस्तुत गरेका थिए । त्यसमा डा. सुरेन्द्र उप्रेती र डा. उत्तम खनालले टिप्पणी गरे । त्यस्तै डा. मिन बहादुर श्रेष्ठले नेपालमा योजनाको कार्यान्वयन र अवस्था, डा. गणेशराज जोशीले नेपालमा कृषिको रुपान्तरणका अवसर र चुनौती, डा. उत्तम खनालले समाजवाद उन्मुख अर्थतन्त्रमा नीजिक्षेत्रको भूमिका, डा. ज्ञानेन्द्र प्रसाद पौडेलले सहकारीको पैसट्ठी बर्षे इतिहाँस र भावि दिशा, डा. भरतराम ढुंगाना र सिद्धराज भट्टले नेपालमा वित्तीय पहुँच र उत्पादनशील लगानी र बैकुन्ठ पान्डेले नवउदारबादी नीतिको प्रभावको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यी कार्यपत्रहरुमा प्रा. डा. गोविन्द नेपाल, प्रा. डा. सुरेन्द्र लाभ कर्ण, डा. यम बहादुर थापा, डा. सुशील पान्डे, बाबुल खनाल, गणेश घिमिरे, डा. चन्द्रकान्त पौडेल, परितोष पौड्याल, गोपी मैनाली, नर बहादुर थापा, अनन्तराज दाहाल, अनन्त कुमार मैनाली, डा. डिल्लीराज खनाल र टिएन आचार्यले टिप्पणी गरे ।

कार्यक्रममा गोलमेच छलफल पनि भएको थियो । गोलमेच छलफलको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयालले गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS