Connect IPS
IME Life

ग्रीन भेन्चर्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा हिजो बिहीवारसम्म मागभन्दा धेरै ६.७९ गुणा बढी आवेदन परिसकेको छ ।कम्पनीको आईपीओ बिहीवारसम्म १५ लाख ९२ हजार ७६३ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीवार साँझ ५ बजेसम्म यी आवेदकहरुले १ अर्ब ९५ करोड ३४ लाख ५७ हजार रुपैयाँ बराबरको १ करोड ९५ लाख ३४ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले मंगलवारदेखि २८ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणलाई छुट्याएको प्रति शेयर १०० रुपैयाँ अंकित दरको ३१ लाख २५ हजार कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरीएको छ ।

Prabhu
Crest

आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूर रेटिङ्ग प्रदान गरेको छ ।

यस आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यस आइपीओमा विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS