Connect IPS
IME Life

सीजीले ल्यायो “सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात” नामक नयाँ वर्षको स्कीम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात” नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ । यस योजना कम्पनीले चैत १० गते देखि देशभरमा सिमित अवधिका लागि लागू गर्ने जनाएको छ ।

यस स्कीम अन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा ४९ हजार ९ सय सम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

उक्त स्कीम अन्तर्गत ग्राहकहरूले सीजी ब्राण्डका ५५ इन्च वा सो भन्दा माथिका टि.भी.को खरिदमा ५ हजार १९० बराबरको आकर्षक सीजीको स्पीकर र ५० इन्च सम्मका टि.भी.को खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् । “मल्टी डोर साईड बाइ साईड रेफ्रिजेरेटरहरूको खरिदमा ४ हजार ६४० मूल्य बराबरको आकर्षक सी।जी।को इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् ।

त्यसैगरी सीजी ब्राण्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने १ हजार ५५० बराबरको सीजी भ्याकुम फ्लास्क” र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन् । सीजी ब्राण्डका फ्रन्टलोड वाशिङ मेशिनहरूको खरिदमा ६ के.जी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरिदमा २ के।जी एरियल पाउडर र स्टीम वाश डिशवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् ।

सीजी ब्राण्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने छन् ।

यस स्कीम अन्तर्गत सीजी ब्राण्डका फ्लोर स्ट्यान्डिङरसिलिङ क्यासेटस्प्लीट वाईफाई इन्भर्टर एसीका खरिदमा ४ हजार बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS