IME Life New

मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्गलाई ७५ हजार जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्गलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ । धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (२) को खण्ड (ठ) विपरित कार्य गरेको देखिएकोले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम  ७५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (१) को “ग्राहकको लागि धितोपत्रको कारोबार गर्न कारोबार सदस्यले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ बमोजिमको ग्राहक पहिचान प्राप्त गरी ग्राहकसंग कारोबार सम्झौता गर्नु पर्नेछ” व्यवस्था अनुरुप नगरेको बोर्डको ठहर छ । साथै सोही विनियमको उपविनियम (२) को “उपविनियम (१) बमोजिमको सम्झौतामा समावेश गर्नुपर्ने विषयहरुमा अन्य व्यवस्थाहरुको अतिरिक्त खण्ड (ठ) मा कारोवार सदस्य र लगानीकर्ता बिचमा लिन दिन बाँकी रकमबाट सृजित दायित्व वा प्रतिफल सम्बन्धी विषय पनि उल्लेख हुनुपर्ने” व्यवस्था विपरित सम्झौता नगरी आफु खुशि १३ प्रतिशत देखि १८ प्रतिशत सम्म व्याज असुल उपर गरेको देखिएकोले कारबाही गरिएको बोर्डले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS