IME Life New

भारतमा डेढ अर्ब घोटालामा दम्पत्ति संलग्न, नेपालमा कस्तो छ आन्तरिक नियन्त्रण प्रणाली ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुम्बई । भारतको इन्फोर्समेन्ट डाइरेक्टोरेट (प्रवर्तन निर्देशनालय)ले युनाइटेड इन्डिया इन्स्योरेन्स कम्पनीको बैंक खाताबाट यसका दुई कर्मचारीहरूद्वारा १ अर्ब ७० करोड भारु घोटाला गरेको आरोपमा दुइ जना कर्मचारी विरुद्ध प्रवर्तन केस सूचना रिपोर्ट दर्ता गरेको छ।

निर्देशनालय अन्तर्गतको वित्तीय अपराध इकाइले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा यूनाइटेड इन्स्योरेन्सका कर्मचारी समेत रहेका दम्पत्ति खुशाल सिंह र नीलम सिंह विरुद्ध मुद्रा निर्मलीकरण रोकथाम ऐन, २००२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। आरोपी दम्पतीले उत्तर भारतको घर जग्गामा इन्स्योरेन्सबाट घोटाला गरेको रकम ठूलो मात्रामा लगानी गरेको अनुसन्धानका क्रममा फेला परेको थियो।

Esewa
Crest

अभियुक्त खुशाल सिंह युनाइटेड इन्स्योरेन्स कम्पनीको चर्चगेट कार्यालयमा कार्यरत थिए जहाँ उनले कर्पोरेट शाखामा लेखापालको काम गर्दै आएका थिए । कम्पनीको तर्फबाट रकमान्तर गर्नको लागी चेकमा खुशाल सिंहको हस्ताक्षर मान्य रहेको थियो । उनकी श्रीमती नीलम सिंह केन्द्रीय सरकारको बीमा कम्पनीमा सहायक प्रबन्धक थिइन्।

बीमा कम्पनीले शुरुमा प्रहरीलाई ८ करोड ९ लाख भारु ठगी भएको उजुरी दिएको थियो । यद्यपि, वित्तीय इकाइको अनुसन्धानको क्रममा सि‌ह दम्पतीले १ अर्ब ७० करोड भारुको कोष लुटेको खुलासा भएको थियो।

अनुसन्धानले थप खुलासा गरेको छ कि अभियुक्तहरूले आवासीय फ्ल्याटहरू र व्यावसायिक भवनहरु ७२ वटा सम्पत्तिहरू दिल्ली, गुडगाउँ, ग्रेटर नोएडा, गाजियाबाद र जयपुरमा रियल इस्टेट परियोजनामा बुक गरेका थिए र त्यसको लागि लगभग १ अर्ब भारु तिरेका थिए।

प्रहरी अनुसन्धानमा आरोपीले अवैध रुपमा कमाएको पैसा अनलाइन लर्निङ एपमा पनि लगानी गरेको खुलेको छ । उनले अनलाइन एजुकेशन मोबाइल एप्लिकेसनको विकास गर्न फर्ममा ७ करोड रुपैयाँभन्दा बढी लगानी गरेका थिए किनभने आजकल यस्ता शैक्षिक एप्सको व्यवसाय फस्टाउँदै गएको छ।

गत वर्ष बीमा कम्पनीले अनियमितताको प्रारम्भिक अनुसन्धान गर्दा सहायक प्रबन्धक सिंहले कम्पनीको खाताबाट केही रकम आफ्नो व्यक्तिगत क्षमतामा सातवटा बैंक खातामा रकमान्तर गरेको फेला परेपछि रकम हिनामिना भएको खुलासा भएको थियो ।

भारत र बंगलादेशको बीमा कम्पनीहरूमा यस्तो वित्तीय अनियमितताको ठूला घटनाहरू एक पछि अर्को सार्वजनिक भइरहेका छन् । बीमकहरूका अनुसार नेपालको केही बीमा कम्पनीमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेका कारण यस्तो अनियमितताको संभावना रहेको छ । केही महिना अघिमात्र प्राइम लाइफ इन्स्योरेन्समा नक्कली कर्मचारीको विवरण खडा गरेर करोडौं रूपैयाँ दुरूपयोग भएको घटना प्रकाशमा आएको थियो ।

खासगरी जीवन बीमा कम्पनीहरूसँग सर्वसाधारणबाट संकलित खर्ब भन्दा बढी रूपैयाँ जीवन बीमा कोषमा रहेको छ । यो रकमको परिचालनमा लापरवाही भएको वा अनियमितता भएको हुनसक्ने हुँदा नियामक निकायले जीवन बीमा कोषको लगानी र त्यसबाट प्राप्त प्रतिफल सम्बन्धमा पनि चासो राख्नुपर्ने केही बीमकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS