काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटेर २,६१६ दशमलव ५८ को विन्दुमा कायम भएको छ । आज २ अर्ब २७ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१ सय २० रुपैयाँ रहेको छ । नेपाल टेलिकम ८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ८ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको ५ करोडमाथिको शेयर कारोबार भएको छ ।