काठमाडौं । अपि पावरले हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले चैत १३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले हकप्रद शेयर बिक्रि गर्न लागेको हो । कम्पनीले १ बराबार ०.३९३६३३ अनुपातले हुन आउने १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।