काठमाडौं । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी महशुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । खानेपानी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयुएलका तर्फबाट का।मु।उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका छन्।
इसेवा मार्फत केयुकेएलका ठिामी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर, वानेश्वर,महांकालचौर,ललितपुर,महाराजगं शाखाका ग्राहकले इसेवाबाटै महशुल भुक्तानी गर्न सकिन्छ । यसले आम खानेपानी ग्राहकको ठुलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ । हाल देशभर रहेका सयौँ खानेपानी समितिहरुको खानेपानी महशुल समेत इसेवाबाट भुक्तानी गर्न सकिन्छ ।
इसेवा प्रयोगकर्ताले मोबाईलबाटै सिधै अनलाइनबाट सिधै शुल्क भुक्तानी गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकहरुले आफ्नो नजिकै रहेका जोन तथा पोइन्ट मार्फत रकम भुक्तानी गर्न सकिनेछ ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको छ । हाल इसेवाका देशभर करिब एक लाख ३० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।