Connect IPS
IME Life

ब्रोकरको टिएमएसमा समस्या कायमै, समय थप हुने नहुने विषयमा टुङ्गो लागेन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ब्रोकरको टिएमएसमा समस्या देखिए पनि अपरान्ह १२ बजेर ५३ मिनेटदेखि कारोबार बन्द भए पनि अझै खुल्ने या नखुल्ने टुङ्गो लाग्न सकेको छैन । टिएमएसमा समस्या देखिए पनि प्राविधिकहरुले रिस्टार्ट गर्ने प्रयास गरिरहेका छन् ।

टिएमएसमा समस्या देखिएकाले समस्या समाधान हुन अझै कति समय लाग्छ भन्न सकिने अवस्था छैन । यदि समाधान भयो भने पनि कारोबार अवधिको बाँकी समय दिने या नदिने विषयमा अहिलेसम्म निर्णय भएको छैन । सामान्यतया कारोबार अवधिमा कुनै पनि अवरोध आयो भने अवरोध भएको अवधिलाई कारोबार बन्द पछि पनि थप दिने प्रचलन छ । तर आज प्रणालीमै समाधान कतिवेला हुन्छ भन्न सक्ने अवस्था छैन । प्रणालीले कारोबार बन्द भएको देखाए पनि यस विषयमा नेप्सेले आधिकारिक रुपमा केहि पनि बोलेको छैन ।

Prabhu
Crest

अपरान्ह १२ बजेर ५३ मिनेटसम्म कारोबार हुँदा नेप्से सूचक ०.१५ अंकले सुधार देखिएको छ । कारोबार रकम भने एक अर्ब ३४ करोड रुपैयाँको मात्रै भएको छ । हिजो बीमा कम्पनीले उचालेको शेयर बजारमा आज भने केहि करेक्सन हुने संकेत देखिएको थियो । आइतबार १०१ अंकले सुधार भएको थियो । बीमा समितिले बीमा कम्पनीको पूँजी बृद्धि योजनाका लागि आवस्यक प्रकृयाँ अगाडी बढाउदा बीमाको शेयर मूल्यमा सर्वाधिक आकर्षण देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS