काठमाडौं । ब्रोकरहरुको डेटा सेन्टरमा समस्या देखिए पछि नेप्सेले शेयर कारोबार रोक्का गरेको छ । सोमबार सेयर कारोबार सुरू भएदेखि नै केही ब्रोकर कम्पनीको ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएको छ ।
आज कारोबार सुरुभएलगत्तै डेटा सेन्टरमा समस्या देखिएको थियो । ब्रोकरको टिएमएसमा देखिएको समस्या समाधान भए पछि मात्रै कारोबार सुचारु हुने नेप्सेले जनाएको छ । ब्रोकरको टिएमएसमा देखिएको समस्या समाधान भए पछि कारोबार थप्न सकिने नेप्सेले उल्लेख गरेको छ । अहिले देखिएको समस्या नेप्सेको नभइ ब्रोकरमा भएको हो ।