IME Life New

सामलिङ पावरले बोलायो चैत २१ गते साधारण सभा, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामलिङ पावर कम्पनीले चैत २१ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले बबरमहल स्थित कार्की ब्यान्क्वेटमा सभा आह्वान गरेको हो ।

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । सभाले आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सोलाई पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष  २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल कायम लेखा परीक्षक चार्टड एकाउन्टेन्ट श्री प्रधान एण्ड शाक्य एशोसियट्स पुनः नियुक्तिको लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभामा कम्पनीको नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा, कम्पनीको संचालक समितिको कायम संख्या ११ (एघार जना बाट घटाई ७ (सात) जना कायम गर्न नियमावलीको नियम २७ (२) र सोसँग सम्बन्धी नियम ३१ संशोधन गर्ने, कम्पनीको नियमावलीको नियम १७ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभामा विशेष प्रस्ताव (१) को प्रस्तावित संशोधनमा नियमकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोही बमोजिम गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने, संचालक निर्वाचन, सर्वसाधारण शेयरधनी समूह “ख बाट १ जना तथा समूह “ग” बाट १ जना गरि २ जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS