काठमाडौं । बीमा समितिले कर्णाली प्रदेशमा वित्तीय जागरण सम्बन्धी राष्ट्रिय अभियानको प्रायोजन गरेको छ । समितिले कर्णाली प्रदेशको सुर्खेतमा बीमा सम्बन्धी जानकारी दिनका लागि आफ्नै स्टल राखेर अभियान सञ्चालन गरेको हो ।
समितिले वित्तीय जागरण अभियानमा सहभागीहरुलाई बीमा सम्बन्धी जानकारी प्रदान गरिरहेको समितिका निर्देशक दिनेसलाल कर्णले जानकारी दिए । यस अभियानमा जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले पनि सहभागिता जनाएका छन् ।
कार्यक्रममा निर्देशक कर्ण सहित समितिका प्रतिनिधिहरुले बीमाको महत्व, दाबी भुक्तानी कसरी गर्ने, बीमा कसरी गर्ने लगायतका जानकारी प्रदान गरेका छन् ।