IME Life New

सुनचाँदी ब्यवसायीको ब्यवसाय सञ्चालकालागि स्पष्ट नीति बनाउन माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले ब्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठ सँग भेटगरी प्रष्ट नीति वनाउन आग्रह गरेको हो ।

सुनचाँदी ब्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रष्ट नीति वन्न नसक्दा ब्यवसाय सञ्चालनमा बाधा पुगको भन्दै महासंघका अध्यक्ष शाक्यले सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरस पालनागरी अगाडि बढ्न ब्यवसायीहरु तयार रहेको बताए । आफुहरुले दशौं बर्षदेखि यस बिषयमा आवाज उठाउँदै आएको भएपनि हालसम्म त्यसको संबोधन हुन नसकेको उनको भनाई छ ।

Esewa
Crest

सुनचाँदी ब्यवसायीसँगको भेटकाक्रममा महानिर्देशक श्रेष्ठले कुनै पनि पेशा ब्यवसाय सञ्चालनकालागि प्रष्ट नीति नियम आवश्यक पर्ने कुरा स्वीकार गर्दै सुनचाँदी ब्यवसाय, ब्यवसायी र आम उपभोक्ता सरोकारलाई समेत समेट्ने गरी नीति वनाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाए । यसकालागि विभिन्न सरकारी निकाय सगँ समन्वय गरेर अगाडि बढ्ने बिश्वास उनले दिलाए ।

भेटकाक्रममा ब्यवासायीहरुले सुनचाँदी ब्यवसायीले भोग्दै आउनुपरेका समस्याहरुका बारेमा महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

त्यसक्रममा महासंघका निवर्तमान अध्यक्ष मोहन सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, मधेश प्रदेश सभापति रामजी साह लगायतका ब्यवसायीको सहभागिता रहेको थियो ।

प्रष्ट नीतिको अभावमा मुनाफा, ज्यालाजर्ती, टोलसेन्स जस्ता बिषयमा अष्प्रष्टता देखिएको छ । जसकाकारण ब्यवसायीहरु बारम्वार अप्ठ्यारो पर्ने गरेका छन् । सरकार र ब्यवसायीवीच सिघ्र नीति निर्माणगरी लागु गर्ने सहमति धेरै बर्ष अगाडि नौ भएको भएपनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS