IME Life New

रीसर्च एण्ड मार्केटिङ कम्पनी स्थापना हुँदै, नयाँ उद्योग व्यवसाय स्थापना पूर्व अध्ययन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  वस्तु र सेवा उत्पादन हुनु अघि सोको आवश्यकताको अध्ययन अनुसन्धान नहुनु र बजार व्यवस्थापनको निर्क्यौल नगरेको कारण धेरै  उद्योग व्यवसाय नोक्सानमा चलेको वा बन्द भएको अवस्था छ । एउटाले कुनै उद्योग व्यवसाय चलाएको देखेर हचुवा भरमा सोही प्रकृतिको उद्योग व्यवसाय खोल्ने लहरले भएको उद्योग व्यवसाय पनि अस्वस्थ र कडा प्रतिस्पर्धाको कारण चल्न सकेको छैन ।

नेपालको दुई तिर ठुला छिमेकी हुनु,  अर्बौ जनसंख्याको बजार हुनु, उत्पादित बस्तुको लागत कम हुनु र बजार व्यवस्थापन बलियो हुनुको कारण पनि खुला सिमाना भएको तिन करोडको सानो बजारमा राम्रै अध्यन अनुसन्धान गरेर मात्र उद्योग व्यवसाय खोल्नु पर्ने हुन्छ । अझ बर्तमानको विषम र संकटग्रष्त उन्मुख आर्थिक अवस्थामा धेरै सोचेर विचार गरेर मात्र नयाँ उद्योग व्यवसायमा हात हाल्नु पर्ने देखिन्छ ।

Esewa
Crest

सोही जटिल परिस्थितिलाई हेरेर नयाँ खोल्ने उद्योग व्यवसाय स्थापना पूर्व अध्ययन अनुसन्धान तथा कमजोर अवस्थामा, संचालनमा रहेका उद्योग व्यवसायको प्रभावकारी बजार व्यवस्थापनमा सहयोग गर्ने गरी रिसर्च एण्ड मार्केटिङ कम्पनी खोल्ने योजना बनाइरहेको छ ।

देशैभरिबाट ५० जना जतिको प्रतिनिधित्व हुने गरी प्रस्तावित कम्पनीको १ करोड अधिकृत तथा रु. ५० लाख जारी र चुक्ता पूँजी हुनेछ । सातवटै प्रदेशबाट अध्यन अनुसन्धान र बजार व्यवस्थापनमा रुची हुने सक्रिय व्यक्तिलाई रु ५०,००० देखि रु. १,००,००० सम्मको शेयर दिइनेछ । एक वर्ष भित्र सात वटै प्रदेशमा कार्यालय स्थापना गरिनेछ । बैंक, बीमा, पूँजीबजार, उद्योग व्यवसाय, कृषि, पर्यटन लगायत अन्य क्षेत्रलाई आफ्नो वस्तु र सेवाको विषयमा उत्पादन पूर्वको अनुसन्धान गर्न तथा उत्पादन पछि बजारीकरणमा सहयोग गर्ने कम्पनीको मुख्य उद्देश्य हुनेछ ।

कम्पनी स्थापना पछि विभिन्न ठाँउमा रहेको संस्थापक लगानीकर्तालाई फोकल प्वाइन्ट बनाई गरिने अध्ययन अनुसन्धान र बजारीकरणबाट हुने आम्दानीको अधिकांश भाग काम गर्नेले पाई राम्रो आय आर्जन गर्न सक्छन भने केही भाग कम्पनीले लिई लगानीकर्तालाई पनि राम्रो प्रतिफल दिने गरी कार्य योजना बनाउँदै गरेको जानकारी दिइएको छ ।

कम्पनीको प्रस्तावित नाम “नेक्सजेन रिसर्च एण्ड मार्केटिङ कम्पनी” रहनेछ र यस्को नेतृत्व महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS