काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव २९ अंकले घटेर २,५१४ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ३५ करोड २३ लाख १७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको १० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ९ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ९ करोड ३८ लाख रुपेयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोडमाथिको शेयर कारोबार भएको छ ।