काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव २९ अंकले घटेर २,५१४ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज १९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै ट्रेडिङ उपसूचक ३ दशमलव ०३ प्रतिशतले घटेको छ ।
आज दिनभरिमा २२९ वटा कम्पनीको ४९ करोड ५९ लाख ९१९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको १० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ९ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ९ करोड ३८ लाख रुपेयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १० प्रतिशतका दरले कमाएका हुन् । इमर्जीङ नेपालका लगानीकर्ताले ३ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ७८ प्रतिशतका दरले गुमाएका हुन् । सामुदायिक लघुवित्तका लगानकिर्ताले ५ दशमलव ६० प्रतिशतका दरले गुमाएका छन् ।