Connect IPS
IME Life

सुनको मुल्य अहिलसम्मकै महँगो, कति पुग्यो प्रति तोलाको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बुधबार सुन हालसम्म कै सर्वाधिक विन्दुमा पुगेको छ ।आज एकैदिन सुन २५ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार तोलामा २५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाउको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि तोलामा २५ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

Prabhu
Crest

अन्तर्राष्ट्रिय बजारमा सूनको भाउ आकासिदा नेपालमा पनि बढेको हो । डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा नेपालमा सुनको भाउ आकासिएको हो । रुस र युक्रेनको युद्धले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको हो ।  अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औन्स २०५५ डलरमा कारोबार भइरहेको छ । पछिल्लो ३० दिनमा सुनको भाउ प्रति औन्स २२७ डलरले बढेको छ ।

अझै पनि रुस र युक्रेनको युद्धको विषयमा टुङ्गो नलागेकोले मूल्य कतिसम्म पुग्न सक्छ भन्न नसकिने सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले जानकारी दिए । सुनको भाउमा बृद्धि सँगै बैंकिङ प्रणालीमा तरलता अभाव भए सँगै नेपाल राष्ट्र बैंकले सुनको आयातमा कडाइ गरेको छ । केहि दिन अगाडी सर्कुलर जारी गर्दै दैनिक १० किलो मात्रै आयात गर्ने व्यवस्था मिलाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS