आजको युुग प्रविधिको युुग हो । प्रविधिको प्रयोग कानूूनको सीमामा रहि गर्ने गर्दा व्यवसायमा नया तर¨ आउने गर्दछ । तर¨ले कम्पनीको खर्चको सीमालाई उछाले पनि जनमानसमा आउने तर¨ले अल्पकाल वा दीर्घककालमा व्यवसायलाई श्रीवृद्धि तर्फ लैजानलाई टेवा प्रदान गर्ने गर्दछ । भनिन्छ नि बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन । यहि हो बजारीकरणको सार । तर अभिकर्ता मार्फत मात्र बजारीकरण गरि व्यवसाय गर्ने कार्यले भने परम्परागत व्यवसायलाई मात्र बढावा दिईरहेको हुुन्छ । यसबाट बजारमा उपलब्ध व्यवसायको अवसर तथा सम्भावनालाई छोप्न असमर्थ हुुने हुुदा प्रतिस्पर्धीभन्दा व्यवसायमा पछाडि त पर्छ नै, साथै यथास्थितिमा रहन खोज्ने कारणले सूूचना प्रविधिको युुगमा समेत पछाडि पर्ने अवस्था रहन्छ ।
अभिकर्ता मार्फत बजारीकरण गर्ने प्रचलन बीमा क्षेत्रमा व्याप्त भएको अवस्थालाई वर्तमान समयमा मूूल्यांकन गर्दा सकारात्मक तवरले व्यवसाय भैरहेको पाउन सकिन्छ । यसैले त मौजुुदा कम्पनीहरुले दैनिक वा साप्ताहिक तवरले विभिन्न स्थानमा तालिम सञ्चालन गरि अभिकर्ता उत्पादन गरिरहेका हुुन्छन् । जनशक्ति पनि उत्तिकै आमन्त्रण गर्न सकिरहेका हुुन्छन् । न्यूून खर्चमा तर विशेष रुपमा व्यवसाय बढाउन गरिने तालिमहरुबाट उल्लेख्य व्यवसाय भैरहेको हाम्रा सामूू छर्लङ्ग छन् ।
जनचेतनामूूलक कार्यक्रमहरु मार्फत समाजका विभिन्न अवयवहरुमा पहुुच पुुग्ने गरि कार्य खासै हुुन नसकिरहेको प्रष्ट छदैछ । विविध कम्पनीहरुले कहि कतै कार्यक्रम सञ्चालन गर्ने गरेको देखे सुुनिए तापनि निरन्तररुपमा खासै प्रयोगमा ल्याउन सकिरहेका देखिदैन् । यसबाट बीमकहरुको पहुुच अभिकर्ता मार्फत मात्र समाजका अवयवसंग जोडिन गएको हुुदा बीमकहरुले समेत जनचेतनामूलक कार्यक्रम गर्नु सान्दर्भिक ठहरिन्छ । यसले जनस्तरमा बीमाबारे छरिएर रहेको भ्रम चिर्न सहायक सिद्ध त हुुन्छ नै साथै व्यवसाय बढाउन समेत थप मद्दत पुुग्न जाने देखिन्छ । हाल स्थानीय निकायसंगको साझेदारी कार्यक्रम अन्तर्गत बीमा समिति आफैले पहल गरि विभिन्न स्थानीय निकायमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तक्रिया गर्दे रहेका विषय जोड्न पाउदा भने मन प्रफुल्ल हुुन्छ । आफै नियामक निकाय भैकन समेत बीमकहरुको दायित्वमा सहकार्य गरेको अवस्थाले बीमाको पहुुचमा वृद्दि हुुन जानेमा आशावादी हुन सकिन्छ ।
सडक नाटक तथा महोत्सवहरु मार्फत समेत बजारीकरण गर्न सकिने भएकोले स्थानीय निकायको सहकार्यमा सञ्चालन हुुने महोत्सव पनि एउटा अवसर हुुन सक्ने देखिन्छ । बीमा सम्बन्धी नाटक मञ्चन गर्नुु, महोत्समा कुुनै स्टल लिएर विज्ञापन बजाउने गर्दा जनमानसमा बीमा सम्बन्धी सकारात्मक सन्देश पुुग्न गई व्यवसाय बढाउन मद्दत पुुग्न जानेमा दुुईमत हुुन सक्दैन् । त्यस्ता कार्यक्रममा आकस्मिक बीमकहरुको प्रवेशबाट मञ्चन गर्न आवश्यक पर्ने विषय वस्तुुको सिर्जना समेत हुुन गई अन्तत बीकमलाई नै फाईदा हुुन जाने देखिन्छ ।
स्थानीय एफ एमहरु मा विभिन्न बीमकहरुको विज्ञापन सीमित अवधिका लागि भएपनि बज्ने गरेको हाम्रा सामूू छदैछ । सिर्जनायुक्त कार्य खासै नहुुने हुुदा बज्ने जिङ्गलहरु समेत एफएमबाटै विकशित गरिने अवस्थाले आफ्नो सिर्जना कसरी प्रस्फुटन गर्ने तर्फ कदम चालेको पाईदैन् । अतः स्थानीय एफ एममा राष्ट्रिय भाषाका अलावा विविध प्रादेशिक, जातिगत भाषामा समेत बीमा सम्बन्धि सूूचनाहरु प्रसारण गर्ने गर्नाले बीमाको दायरा फराकिलो हुुनाका साथै व्यवसायमा बढोत्तरी गर्न सकिन्छ ।
पत्रपत्रिकाहरु मार्फत समेत सूूचना प्रवाह भैरहेकोमा स¥हाहनिय मान्नै पर्दछ । विशेष गरि नया योजना सम्बन्धि, सार्वजनिक रुपमा सूूचना प्रवाह गर्नुु पर्ने अवस्थामा, परिवर्तन भएका व्यवस्थाहरुबारे जानकारी दिनको लागि केन्द्रिकृत रहेकाले अध्ययनमा लाग्ने बौद्धिक जमात प्रति सकारात्क सन्देश तथा सूूचना प्रवाह गर्न क्षेत्र सक्षम भएको मान्न सकिन्छ । तर पनि बीमाको बारेमा आवश्यक सन्देश दिन असफल भएको महसुस हुुन्छ ।
गीत संगीतहरु मार्फत पनि विज्ञापन गर्न सकिन्छ । बीमा सम्बन्धी वा बीमकको कुुनै योजना सम्बन्धी चेतनामूलक गीत अथवा संगीतमात्र सिर्जना गरि जनजिभ्रोमा झुुण्डिने खालका सरल भाषा मार्फत प्रवद्र्धन गरेको यस क्षेत्रले पाउन सकेको देखिएको छैन् । भविष्यमा आशा गर्ने स्थान थुुप्रै पाईन्छ ।
टिभी वा भिडियोहरु मार्फत विज्ञापन गरेको हाम्रा सामूू लुुकेको छैन् । जनचेतनामूूलक भिडियोको प्रचलन भएतापनि खर्चको असिमितताले थोरै मात्र मिडियामा बज्ने गरेका छन् । थोरै समयमा बज्ने सन्देशहरुबाट अपेक्षित व्यवसाय हुुन नसकिरहेका कारणले टेलिभिजनमा कमै बज्ने भएतापनि केहि भिडियोहरु यूूटुुबमा समेत देख्न पाईन्छ । बीमाको शिक्षामूूलक विज्ञापन स्वतन्त्ररुपमा कमै मात्र विकाश हुुन गएको तर बीमकहरुले प्रवद्र्धनात्मक तवरले केहि बनाएको भने पाउन सकिन्छ । यसका अलावा प्रभाव पार्ने खालका कार्टुुनका सामाग्रीहरु समेत राम्रो माध्यम भएकोले आयको स्रोत बढाउने अर्को विकल्प हुन सक्ने देखिन्छ ।
मोबाईल मेसेजहरु पोलिसी बिक्रि पश्चात प्रयोग गरिने माध्यम हुुन् । तर नियमित रुपमा मेसेजहरुको प्रवाहले बीमकले बीमितप्रति गरेको सम्पर्क जनाउने गर्दछ । परिवर्तन भएका प्रावधानहरुको जानकारी दिने, व्यक्तिगत घटनाहरुमा सरिक हुुने खालका मेसेजहरु, नियमित हुुने भुुक्तानीहरु, व्यतित, परिपक्व आदिका लागि सम्पर्क गर्नाले बीमकको दृष्टिकोण बीमित प्रति सकारात्मक हुुन जाने देखिन्छ । जसबाट प्रविधिप्रति पहुुच तथा सम्बन्ध सुुधार गर्न सहायक हुुने गर्दछ ।
ईमेल तथा ब्लगहरु मार्फत समेत बजारीकरण गरि योगदान गर्न सकिन्छ । हुनत ईमेल बजारीकरणको लागि सस्तो माध्यम हुुन सक्दछ तर सिमित सेवाग्राही, विशेष व्यापार गर्ने समूूह आदिलाई सामूूहिक ईमेलबाट जानकारी गराउनुुका साथै आवश्यकतानुुसार ब्लग मार्फत बजारीकरण गरि प्रवद्र्धन गर्न सके प्रविधिको पहुुचमा अघि बढ्न सकिन्छ ।
पोष्टर, पम्प्लेट, ब्रोसर तथा लिफलेटहरु मार्फत सामान्य रुपमा बजारीकरण हुुदै आईरहेकोमा बीमा सम्बन्धी जानकारी प्रदर्शन गर्ने खालका पोष्टरहरुको अभाव रहेको देखिएकोले बीमकहरुले गर्ने विविध कार्यक्रमहरुमा समेत उल्लेखित विषयहरु समावेश गर्ने गरेमा बजारीकरणमा थप टेवा पुुग्ने देखिन्छ ।
भित्ते लेखन, होर्डिङ्ग बोर्ड, फ्लेक्स, डिजिटल डिस्प्ले तथा चित्रकला प्रदर्शनीहरु मार्फत बीमा सम्बन्धी चेतनामूूलक कार्यक्रम समावेश भएका र प्रवद्र्धन गर्न सकिने विषयहरु उल्लेख गरि सम्बन्धीत स्थानीयको समन्वय, सहकार्य तथा अनुुमतिमा भित्तेलेखन, होर्डिङ्ग बोर्ड, डिजिटल डिस्प्ले, फ्ेक्स तथा चित्रकला मार्फत समेत सम्भावना देखिएको हुुदा बीमाको पहुुच बढाउन सहायक हुुन सक्ने देखिन्छ ।
माईकिङ्ग बजारीकरणको भरपर्दा माध्यम रहि आएतापनि बीमाको जानकारी गराउन र राम्रो व्यवसायको अवसर लिन गर्न माईकि¨ राम्रो माध्यम हुुन सक्दछ । सूूचनाको पहुुच पुु¥याउन खर्च बढ्ने सम्भावना हुुने क्षेत्रहरु, ठूूलो क्षेत्रलाई समेट्न तथा आम जनताको ध्यान सजिलै आकर्षित गर्न सजिलो हुुने भएकोले सीमित स्रोत साधनबाट अधिकरुपमा लाभ लिन सकिने हुन्छ ।
अनलाईन मिडियाहरु विशेषतः ईन्टरनेटको सुविधा भएका क्षेत्रमा प्रयोग हुुने माध्यम भएको भएतापनि सुुविधाजनक क्षेत्रमा समेत बीमाबारे जानकारी नभएको, नपुुगेको क्षेत्र पर्याप्त भएकाले अनलाईन मिडियाका माध्यमले सूूचनाहरु सम्प्रेषण गर्ने प्रोत्साहन गर्नुुपर्दछ । त्यस्ता मिडियाहरुमा बीमकहरुका विज्ञापन प्रशस्तै देखिने गरेको छ । तर यसबाट बीमा क्षेत्रको अभिवृद्धिमा योगदान पुुग्न गएको भने देखिन्छ । यसका अलावा आफ्नो व्यवसाय प्रवद्र्धन गर्न जुुनसुुकै भौगोलिक क्षेत्रमा पुुगे तापनि बीमा सम्बन्धी कार्यक्रमलाई थप गर्न सके यस क्षेत्रका लागि वास्तवमा योगदान दिएको ठहर्नेछ ।
सद्भावनादूत वा ब्राण्ड एम्बेसेडरको प्रयोग गर्ने प्रचलन आफ्नो व्यवसायका लागि शुुरु भैसकेको अवस्थामा आफ्नो बाहेक समस्त व्यवसायलाई प्राथमिकतामा राख्न बहुुल बीमकहरुको प्रयासले मात्र सम्भव हुुने भएबाट बीमक संघहरु तथा समितिको पहलमा जनचेतना बढा्उने कार्य गर्न सकिने देखिन्छ । यसैको शुुरुआत समितिबाट भएकोमा प्रसारणको अभाव महसुुस भएको छ ।
बजेटको व्यवस्था उपरोक्त कार्यहरुको लागि महत्व पूूर्ण छन्् । वार्षिक बजेट बनाउने क्रममा थप बजेटको व्यवस्था हुुन नसकिरहेको अवस्था छ । बजारीकरण तथा बिक्रीको व्यवसाय गर्ने बीमकहरुले अनुुसन्धान तथा विकाशका कार्य गर्नेगरि कर्मचारीको व्यवस्था गरेतापनि निजहरुबाट गर्ने कार्यमा सिमितता छ, दक्षताको अभाव छ । एकातिर नतिजामुुखी कार्य भनेको व्यवसाय कति बढ्यो, एजेन्ट कति उत्पादन भयो, खर्चमा फरकपन (कटौती) कति भयो, भन्ने कार्यमा अलमलिएका बीमकहरुमा बजारीकरण लगानीको सट्टा खर्च गर्ने मेलो भएको भन्ने बुुझाई भएबाट आएको नतिजा जागीर खाने र ख्वाउने तर्फमात्र केन्द्रित भएको देखिन्छ ।
बिक्री पछिको दायित्व बीमाको राम्रो बजारी गर्ने अचूक उपाय हो । सेवा भावले बिक्रि भएका बीमालेखलाई नियमित भुुक्तानीका लागि प्रेरित गर्ने, जानकारी पठाउने, प्राप्त भएपश्चात धन्यवाद दिने, परिवर्तित व्यवस्था जानकारी गराउने गनुपर्दछ । जस्तै, जन्मदिन वा कुुनै सफलतामा सम्पर्क गर्ने, ऋण लिन सकिने सीमाबारे जानकारी प्रदान गर्ने, व्याज भुुक्तानीका तरिका जानकारी गराउने, अवधि समाप्त भएकोमा लिन जानकारी गराउने आदि कार्यले बीमक र बीमितबीच नियमित सम्पर्क कार्यहरु हुुन गई एक प्रकारको प्रगाढ बन्धन बन्न जाने देखिन्छ ।
निष्कर्षः व्यवसाय गर्नेले थप व्यवसाय प्राप्त गर्न अपनाउनुुपर्ने विविध अवयवलाई प्रयोग गर्दे समाजमा विषयगत सूचना प्रदान गर्ने गर्दा व्यवसाय प्रवद्र्धन त हुुन्छ नै साथै समाज प्रति गर्नुुपर्ने दायित्व समेत पूूरा गर्न सकिने देखिन्छ । अतः त्यस्ता विषयलाई खर्च मान्नुुको सट्टा लगानी मानेर कार्य गर्न र गराउन सके पदीय दायित्व समेत पूूरा गरेको ठहरिनेमा कसैको मतान्तर नहुुने देखिन्छ ।