IME Life New

‘टी प्लस टु’मा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले ‘टी प्लस टु’मा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताएका छन् । यदि लगानीकर्ताले धितोपत्र बोर्डमा उजुरी दिएमा सम्बन्धित ब्रोकरलाई तत्काल कारबाही हुने जिकिर गरेका छन् । अध्यक्ष हमालले आफ्नो दुई वर्षे कार्यकालमा नेपाल धितोपत्र बोर्डको आफ्नै भवन हुने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आफ्नै कार्यकालमा भवन निर्माणको कार्य अगाडी बढ्ने बताएका हुन् ।

शेयर बजार बढेको समयमा बोर्डको क्षमता बढाउन आवश्यक रहेको भन्दै हमालले सूचना प्रविधिमा पनि काम गर्ने बताएका छन् । उनले टीएमएसमा देखिएको समस्या साधान गर्ने, गुनासो व्यवस्थापन गर्न एप बनाउने बताएका छन् । कमोडिटी बजारलाई आवश्यक नियमावली, निर्देशिका बनाएर काम शुरु गर्ने हमालको योजना

Esewa
Crest

कार्यक्रममा हमालले वित्तीय साक्षरता कम रहेको भन्दै अहिले १८.५ प्रतिशत रहेको वित्तीय साक्षरता बढाउनका लागि योजना अनुसार नै काम गर्ने बताए । नेप्से, सिडिएससी, ब्रोकर, मर्चेन्ट बैकर्ससँग मिलेर कार्ययोजना बनाएर काम गर्ने बताए । कार्यक्रममा हमालले बन्ड मार्केट, पुर्वाधार बन्ड सूचीकरण गर्ने योजना सुनाए ।

बुक बिल्डिङ प्रक्रिया अघि बढाउनुका साथै यसको भुमिका निष्पक्ष बनाउने तर्फ र यसको अभ्यासलाई हेरेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्न चाहने उत्पादन मुलक कम्पनीलाई स्वागत गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS