काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले १ दखशमलव ५४ अंकले बढेर २,५४४ दशमलव ९३ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ६० करोडमाथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको २७ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ११ सय ७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १२ करोड ६२ रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पाँचथर पावर कम्पनीको १० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।