काठमाडौं । खारे इन्भेष्टमेन्ट लिमिटेडको वार्षिक साधारण सभा चैत ९ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।