Connect IPS
IME Life

बलेफी हाइड्रोपावरको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा ११ लाख २९ हजार १३० कित्ताका लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका अनुसार सोमवारसम्ममा ५ हजार ७५९ जनाले ११ करोड २९ लाख बराबरको आवेदन दिएका हुन् । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १८ लाख २७ हजार ९७० कित्ता स्थानिय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल वडा नं २,३,४ का स्थायिनलाई छुट्याइएको छ भने बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता शेयर आयोजनाका १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिकाका वडा नं ५ र ७, बलेफी गाउँपालिका वाड नं १,३,६ र ८ तथा सुनकोशी गाउँपालिकाका वडा नं ७ का स्थानियलाई छुट्इयाएको छ ।

Prabhu
Crest

उक्त आईपीओमा स्थानिय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवदेन दिन सक्नेछन् । आवेदकले फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गरिरहेको आईपीओलाई इक्रा नेपालले इस्यूअर रेटिङ डबल बि प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले कुमारी बैंकको जलबिरे शाखा,एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंकको खाडीचौर शाखर चौतारा शाखाबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, महालक्ष्मी विकास बैंकको खाडीचौर शाखा तथा लक्ष्मी र सिन्धु विकास बैंकको खाडीचौर,जलविरे तथा लामोसाँगु शाखाबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS