Connect IPS
IME Life

ग्रीन भेन्चर्सको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले निष्काशन गरेको आईपीओमा २५ लाख ३९ हजार २९० कित्ताका लागि आवेदन परेको छ । सिडिएस क्लियरिङका अनुसार सोमवार साँझ ५ बजेसम्ममा ५ हजार ३३१ जनाबाट रू। २५ करोड ३९ लाख २९ हजार बराबरको आवेदन परेको हो ।

कम्पनीले फागुन २ गतेदेखि ३१ लाख २५ हजार कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त कित्ता आईपीओ विक्री खुला गरेकोे हो ।

Prabhu
Crest

आईपीओ विक्री बन्द हुने छिटो अवधि फागुन १६ गते अर्थात् आजसम्म रहेको भएपनि सम्पूर्ण शेयर विक्री भइनसकेकाले आवेदकले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने मध्यम क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ ।

आईपीओ खरीदका लागि लक्ष्मी बैंकको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मन्थली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीआकोे विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS