काठमाडौं । आइतबार शेयर बजारमा तीन अर्ब २७ करोड रुपैयाँको खरिद बिक्री हुँदा सर्वाधिक धेरै कारोबार हुने १० कम्पनीको मात्रै १ अर्ब १७ करोड रुपैयाँको भएको छ । आज सबैभन्दा धेरै युनिभर्सल पावरको मात्रै २० करोड ४४ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।
दोस्रो धेरै कारोबार हुनेमा नेपाल टेलिकम रहेको छ । टेलिकमको १९ करोड ६ लाख रुपैयाँको खरिद बिक्री भएको छ । त्यस्तै तेस्रो धेरै खरिद बिक्री हुनेमा नेशनल हाइड्रोपावर रहेको छ । कम्पनीको मात्रै १४ करोड ४३ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।
नेशनल हाइड्रोपावरको पनि सर्वाधिक धेरै १३ करोड ४ लाख रुपैयाँ, अरुण भ्यालीको १० करोड १९ लाख, अपि पावरको ९ करोड ७४ लाख रुपैयाँको खरिद बिक्रि भएको छ ।