व्यवसाय हाक्ने जिम्मा पाएका अभिकर्ताहरु वास्तवमा बजारीकरण गर्ने र योजनाको बिक्रिकरण गर्ने पात्र भएकोमा शंका गर्नु आवश्यक रहेन् तर सहजीकरण भने कम्पनीका बजार विभागमा कार्यरत विभिन्न कर्मचारीहरुले गरेका हुुन्छन् । बिक्रि पश्चात प्राप्त हुुने बीमाशुुल्कको आयले मात्र कम्पनी अघि बढ्न सक्ने हुुदा बिक्रिकरण शब्द पनि समानान्तर रुपमा आउनुुपर्ने देखिन्छ । अतः बजारीकरण तथा बिक्रिकरण सापेक्ष शब्द भएतापनि दुुईचरणको कार्यलाई एउटै शब्द भित्र जबरजस्ती अटाउन लगाई बजारीकरण मार्फत सम्पूूर्ण कार्य गर्नुु आफ्नो पेशाप्रति आफैले घात गरेको ठहरिन्छ ।
आजको वित्तिय संकटमा व्यवसाय ल्याउन चुुनौती नै रहेको देखिन्छ तथापि व्यवसायको बढोत्तरी जुुन रुपमा हुुनुु पर्ने थियो त्यो हुुन सकेको देखिएको छैन् । बीमा समितिको बीमामा पहुुच पुु¥याउने उद्देश्यमा निकम्मा कोरोना भन्ने भाईरसले समेत घात गर्न पुुगेको देखिन्छ । व्यवसाय भन्ने वित्तिकै अभिकर्ताबाट प्राप्त हुने व्यवसायलाई मान्ने गरिए तापनि व्यवसायको दीगोपनका लागि सो मात्र पर्याप्त समेत नहुने जानकारहरु बताउछन् । हुुनत करिब दुुई तिहाई भन्दा बढीको व्यवसाय अभिकर्ता मार्फत प्राप्त हुुने गरेकोमा संस्थागत तर्फबाट, संस्थागत अभिकर्ताबाट, प्रत्यक्षबाट समेत बाकी व्यवसाय आउने गर्दछ । तर अधिकांश कम्पनीहरुमा अभिकर्ता मार्फत मात्र व्यवसाय आउने गर्दछ ।
पढेको जस्तो व्यवहारमा लागूू हुुदैन् । बिक्रीकला भन्ने शब्दावली पढेर मात्र व्यवसाय गर्न आउने पनि होईन, कसैले पढेको वा पढाएको भरमा जानिने विषय पनि भएन् । यो त विशुुद्ध व्यवहारको पाटो हो जुन व्यक्ति पिच्छे फरक हुुन सक्दछ । व्यवसाय गर्नेले देखाएको हाउभाउ, गर्ने व्यवहार, बोल्ने शैली, मनोवृत्ति, सुसम्बन्ध, विश्वासपना, ईमान्दारिता, लवाईपन, स्पष्टता, निर्धक्कपना आदिले असल बिक्रिकलाका गुुण देखाउन सक्छ । यसका लागि धेरैलाई निरन्तर अभ्यासको आवश्यक पर्छ । आजको लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्छ ।
भुुक्तानी गर्न ईच्छुुक हुुनुुपर्ने, भुुुक्तानी गर्न तत्पर रहेको तथा भुुक्तानी गर्र्न सक्षम रहेको व्यक्तिले मात्र बीमा गर्न सक्षम हुुने तात्विक सत्यतालाई हेर्दा बीमा गर्नेको आकफ्नो चाहना वा आवश्यकता रहेको भएमा मात्र व्यवसायको दीगोपना हुुने गर्दछ । तर पनि विविध वातावरणीय असरले समेत बीमालाई निरन्तरता दिन असमर्थ रहेको अवस्थाले दीगोपनामा असर पर्ने गरेको पाईन्छ । एक पटकको व्यवसायिक सम्बन्धले तेस्रो पुुस्ताले समेत बीमा गर्न सक्षम भएको तथ्य हामीमा छदैछ । पूूराना तथा अनुुभवी अभिकर्ताहरुको संगतले निजहरुले गर्ने व्यवसाय न्यून भएतापनि असल बिक्रिकला तथा व्यवसायिक दीगोपनलाई मलजल गर्दे रहेको देखाउछ । कुुनै एक गुुणको पनि अभाव भएमा भने व्यवसायबाट हात धुुनुु पर्ने अवस्था आउन सक्छ ।
अभिकर्ताहरुले व्यवसाय गर्दा जानकारी दिनुु पर्ने विषयहरु जानकारी नदिने तथा १५ वर्षमा डबल हुुने जस्ता उद्घोषले सम्पूूर्ण व्यवसायमा गलत प्रवृत्ति बढेको छ । कति बोनस दरमा १५ वर्षमा बीमांकको डबल हुुन्छ भन्ने हेक्का नराखि बीमा गर्दा प्रतिस्पर्धीबाट व्यवसाय हात पार्न ईमानदारिता लत्याईने गरेको र गलत सूूचना प्रवाह गरेको समाचार पढ्न पाईराखिएकै छ । व्यक्तिगत स्वार्थका लागि बीमा गराउने गर्दा बीमितले पाउनुुपर्ने सूूचनाहरुबाट बिमूूख मात्र हैन् सम्पूूर्ण उद्योग प्रतिको भरोसामा औला ठड्याउने मौका कारोनाकालमा थप अनुुभव भएको छ । बीमा गर्ने क्रममा गरिने प्रश्नावली मानौ सुुगा रटाई सरह उल्लेख गर्नाले बीमा गर्ने सबै निरोगीमा सूूचिकृत हुुन पुुगेका छन् । यसबाट असल बिक्रिकला मार्फत व्यवसाय आईरहेकोमा दीगोपन कसरी हुुन सक्ला ? व्यवसायको तुुलनामा दावीका दर एक तिहाई भन्दा बढी सम्म पुुगे तापनि व्यवसाय बाचेकै छ भन्ने तर्क यहा सान्दर्भिक हुुन सक्दैन् ।
बीमा गर्ने ईच्छा भएतापनि दवावमा आवश्यक भन्दा ठूूला बीमांकको बीमा गरिदिने र बीमाहरुको शुुल्क भुुक्तानी गर्न असक्षम भई समर्पण गर्न बिन्ति बिसाएका, तथ्य लुुकाई बीमा गरेको र समर्पण गरेका कयौ उदाहरण तरोताजा नै छन् । भुक्तानी गर्ने क्षमता वा ईच्छा नहुुदै पनि कागजपत्र मिलाएर बीमा गरिदिने प्रवृत्तिलाई न असल बिक्रिकलासंग जोड्न मिल्छ न दीगो व्यवसायसंग । पेशागत जोखिमका विषय अतिरिक्त भार नपार्ने मनसायले जानकारी नगराउने, स्वास्थ्य जोखिमका विषय उल्लेख नगर्ने वा ठीक छ भन्ने कार्य प्रति औला ठड्याउने हो भने परम सदविश्वासको सिद्धान्त विपरित हुुने तथा व्यवसाय नै नहुुने स्थितिबाट कसरी पार पाउने होला ? प्रस्तावित व्यक्ति स्वयं उपस्थित भएको अवस्थामा बीमाबारे जानकारी तथा प्राप्त सूूचना लिने क्रममा गतिलो उत्तर नपाईने तर अभिकर्ता नै जवाफ दिन अघि सर्ने कारणले कसरी बीमा व्यवसाय फैलिरहेको जान्न सकिन्छ । कतिलाई त योजनाको नाम (अघि भनेको थियो अहिले बिर्से) र त्यसका विशेषता समेत जानकारी नहुुने तथ्य सप्रमाण छदैछ । किन बीमा गर्नुु भएको भन्ने प्रश्नका उत्तर रेडिमेड नै छन् ।
परिवर्तित नियमहरुबारे अभिकर्ताहरु अनभिज्ञ भएका कारक त धेरै नै छन् । बीमालेख लिएपश्चात बीमालेख दिन बिर्सिने, नवीकरण वापतको रकम संकलन गर्ने तर कतिले भुुक्तानी समेत नगरि आफूूखुुशी चलाईदिने गरेकोले एकातिर पोलिसी नै ल्याप्स भैसकेको अवस्थामा दावी पर्दा को जवाफदेहि हुुने भन्ने प्रश्न उठ्ने गरेको छ । यस प्रकार व्यवसायको लागि जिम्मेवार भैकन पनि क्षणिक स्वार्थमा अल्झेर व्यवसायमा टेको थापेकाहरुबाट कसरी दीगो व्यवसाय तथा असल अभ्यासको अपेक्षा हुुन सक्ला? विषयगत कुुरा उल्लेख गरिरहदा भने असल नियतले ईमान्दारिपूूर्वक तथा सत्यतथ्य सहित व्यवसाय गरिरहनुु भएको प्रतिनिधिहरुलाई भने धन्यवाद दिनै पर्दछ । नबुुझेको विषयमा सोधपूूछ तथा छलफल गर्ने, कागजपत्र सहि समावेश गर्ने तथा तथ्य कुुराहरु उल्लेख गरि व्यवसाय गर्नेहरु भने व्यवसायका आधारमा दीगो रुपमा कार्य गर्न उद्वेलित छन् भन्नेमा शंका गर्ने गुञ्जाईस नै छैन ।
निष्कर्षः
अभिकर्ताहरु व्यवसायलाई दीगो रुपमा अगाडि लैजाने चालक हुुन् । कम्पनीका लागि टाउको उठाएर अघि बढ्न सघाउने प्रतिनिधि एवं माध्यम भएकाले उनीहरु असली गहना भएकोमा शंका गर्नै पर्दैन । उनीहरुलाई समयसापेक्ष परिवर्तनका विषयहरु, आवश्यकताहरुबारे जानकारी को आवश्यकता छ जसका कारण असल अभ्यास मार्फत व्यवहारिक प्रयोगले व्यवसायलाई अघि बढाउन सकिने हुुदा दीगो व्यवसाय हुुनेमा एकमत हुुन सकिन्छ ।